Kathmandu Press

अदालतको अवहेलना गरेको आरोपमा रास्वपाका नेताविरुद्ध मुद्दा दर्ता

रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, तोसिमा कार्की र सोविता गौतमले अदालतको मानहानी हुनेगरी आन्दोलन तथा अभिव्यक्ति दिएको दावी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका हुन।
अदालतको अवहेलना गरेको आरोपमा रास्वपाका नेताविरुद्ध मुद्दा दर्ता

काठमाडौं, कात्तिक २९ ।  अदालतको अवहेलना गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू विरुद्ध  सर्वाेच्च अदालतमा दायर भएको मुद्दा दर्ता भएको छ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान जारी रहँदा अदालतलाई नै प्रभाव पार्नेगरी आन्दोलन गरेको दाबी गर्दै अदालतमा रिट दायर भएको हो।

लामिछानेमाथि अनुसन्धान चलिरहँदा अदालतलाई दबाब दिने वा प्रभाव पार्नेगरी रास्वपाका नेताहरूले अदालतको मानहानी हुनेगरी आन्दोलन तथा अभिव्यक्ति दिएको दावी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए। 

उक्त रिट बिहीबार दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ। 

रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, तोसिमा कार्की र सोविता गौतम लगायतलाई विपक्षी बनाएर रिट दायर गरिएको हो।

विभिन्न सहकारीको रकम ठगी गरेको आरोपमा रास्वपा सभापति लामिछाने हाल प्रहरी हिरासतमा छन्।


 

प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, कात्तिक २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्