Kathmandu Press

राष्ट्रपति पौडेल स्वदेश प्रस्थान

अजरबैजानका राष्ट्रपति इलहमअलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन सोमबार बाकु पुगेका राष्ट्रपति पौडेल बाकुबाट कतारको दोहाहुँदै नेपाल आउन लागेका हुन। 
राष्ट्रपति पौडेल स्वदेश प्रस्थान

काठमाडौं, २९ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश प्रस्थान गरेका छन्।

बिहिबार अजरबैजानको बाकु सहरमा भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९)मा सहभागी भएर नेपाल प्रस्थान गरेका हुन। 

Hardik ivf

अजरबैजानका राष्ट्रपति इलहमअलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन सोमबार बाकु पुगेका राष्ट्रपति पौडेल बाकुबाट कतारको दोहाहुँदै नेपाल आउन लागेका हुन। 

कोप २९ अन्र्तगत मंगलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा रहेको बताए।

उनले भनेका थिए–‘हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौं, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई संकटमा पु¥याउँछ भन्ने विश्वले बिर्सन हुन्न।’ 

यस्तै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्यायदिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकिकृत रुपमा सम्बोधन गर्नुपर्ने बताए। 

साथै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट नेपालले भोग्नु परेको असरको न्यूनिकरणका लागि विकसित देशहरुबाट अनुदान उपलब्ध गराउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिआ गुटेरससँग आग्रह समेत गरे।

प्रकाशित मिति: १७:०७ बजे, बिहीबार, कात्तिक २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्