Kathmandu Press

राजनीति  सेवा गर्ने प्रभावकारी माध्यम हो : मन्त्री सिंह

उनले भने–‘आस्था र सिद्धान्तको राजनीति गर्नेले ज्यादै कठिन परिस्थितिको सामना गर्नुपर्ने रहेछ तर यो हामीले बुझ्नुपर्छ कि राजनीति सेवा गर्ने प्रभावकारी माध्यम हो, तर अहिले फाइदा लिने प्रबृत्ती बढेको छ।‘
राजनीति  सेवा गर्ने प्रभावकारी माध्यम हो : मन्त्री सिंह

ललितपुर, २९ कात्तिक : उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल भएको बताएका छन्।

नेपाल प्रजातन्त्र सेनानी संघ ललितपुरको तेस्रो जिल्ला सम्मेलन एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था र संविधान जारी गर्न नेपाली कांग्रेसकोे योगदान अग्रस्थानमा रहेको बताए।

उनले भने–‘आस्था र सिद्धान्तको राजनीति गर्नेले ज्यादै कठिन परिस्थितिको सामना गर्नुपर्ने रहेछ तर यो हामीले बुझ्नुपर्छ कि राजनीति सेवा गर्ने प्रभावकारी माध्यम हो, तर अहिले फाइदा लिने प्रबृत्ती बढेको छ, राजनीति भनेको त सिद्धान्त, आदर्श हो।‘

कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजंग बस्नेत, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो।
 

प्रकाशित मिति: १६:०० बजे, बिहीबार, कात्तिक २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्