Kathmandu Press

नागढुंगा-नौबिसे सडक एक हप्ताका लागि आंशिक बन्द हुने

सडक बिहिबार देखी आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दिनमा आंशिक रुपमा बन्द हुने आयोजनाले जनाईएको छ।
नागढुंगा-नौबिसे सडक एक हप्ताका लागि आंशिक बन्द हुने

काठमाडौं, २९ कात्तिक : नागढुंगा-नौबिसे सडक खण्ड ७ दिन आंशिक बन्द हुने भएको छ। 

सडक बिहिबार देखी आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दिनमा आंशिक रुपमा बन्द हुने आयोजनाले जनाईएको छ। 

नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ।

आयोजनाले एक सुचना जारी गर्दाै उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने जनाएको छ। यसैगरी २०÷२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ।
 
प्रकाशित मिति: १५:०५ बजे, बिहीबार, कात्तिक २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्