Kathmandu Press

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसद्वारा उम्मेदवार घोषणा

आफ्नो पार्टीको तर्फबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव नृपबहादुर सुनारले जानकारी दिए। 
जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसद्वारा उम्मेदवार घोषणा

कैलाली, २९ कात्तिक : जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ।

कांग्रेसले आफ्नो पार्टीको तर्फबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

कैलारी गाउँपालिका वडा नं २ को दलित महिला वडा सदस्यमा निर्वाचित भुललाई पार्टीको जिल्ला कार्यसमितिको बैठकले जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवारका लागि सिफारिस गरेको नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव नृपबहादुर सुनारले जानकारी दिए। 

जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि उक्त समन्वय प्रमुखको पद रिक्त रहेको थियो। 

समितिको प्रमुख पदका लागि आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन्।

प्रकाशित मिति: १४:२४ बजे, बिहीबार, कात्तिक २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्