Kathmandu Press

चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले बाेलाए अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक

प्रधानमन्त्री ओलीले  आइतबार बिहान ११का लागि सिमितकाे बैठक बाेलाएका हुन्। बैठकमा चीन भ्रमणकाे एजेन्डाका विषयमा छलफल हुनेछ।
चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले बाेलाए अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक

काठमाडौं, कात्तिक २९ :  आफ्नो चीन भ्रमण बारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीले  प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाएका छन्। 

प्रधानमन्त्री ओलीले आइतबार बिहान ११का लागि सिमितकाे बैठक बाेलाएका हुन्। बैठकमा चीन भ्रमणकाे एजेन्डाका विषयमा छलफल हुनेछ।

Hardik ivf

चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्।

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बीआरआई, नेपाल–चीनबीच यस अघि सम्झौताको कार्यान्वयन, चलिरहेका परियोजना, दुई देशबीचको सम्बन्ध लगायतका विषयमा छलफल हुने बताइएकाे छ।

गत भदौमा अर्थ मन्त्रालयले चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुन मार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा चिनसँग दिईएको ऋण अनुदानमा परिणत गर्न गरिएको आग्रहलाई प्रधानमन्त्री ओलीको भ्रमणको अवसरमा मिनाहा गर्न चिनियाँ पक्षलाई आग्रह गर्ने सरकारको तयारी छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका निर्माणका लागि नेपाल सरकारले २०७२ साल चैत ८ गते ऋण सम्झौता भइ चीनको एक्जिम बैंकबाट हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१३३८.७४ मिलियन चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो।

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, कात्तिक २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्