Kathmandu Press

अर्थतन्त्रलाई लयमा ल्याउन प्राइभेट सेक्टरको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

उनले  विद्युत जस्तो  संबेदनशिल क्षेत्रमा व्यवसाय गर्ने विद्युत व्यवसायीहरुको यस संस्थाले आम उपभोक्तालाई नविनतम र गुणस्तरी सेवा दिन आग्रह गरे।
अर्थतन्त्रलाई लयमा ल्याउन प्राइभेट सेक्टरको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

काठमाडौं, कात्तिक २९ : उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि प्राइभेट सेक्टरको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। 

बिहीबार ‘फिन इलेक्ट्रो टेक २०२४’ को उद्घाटन गर्दै मन्त्री सिंहले प्राइभेट सेक्टर नेपाल उद्योग वाणिज्य संघदेखि लिएर नेपाल चेम्बर अफ कमर्सको समेत महत्वपूर्ण  भूमिका अर्थतन्त्रमा रहेको बताएका हुन्।  

‘नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि अहिलेको वर्तमान सरकार, एफएनसिसीआइदेखी लिएर चेम्बरको नेतृत्व गर्ने प्राइभेट सेक्टरहरुले अर्थतन्त्रको लय सम्हाल्न सक्दछन्। प्राइभेट सेक्टरहरुले भनेका कुराहरु सरकारले ध्यान दिएर कार्यान्वयन गर्ने नै छ,’ उनले भने।

उनले विद्युत तथा विद्युतीय सामाग्रीहरुको विकास र आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण गर्न फिन इलेक्ट्रो टेकले विशेष भूमिका खेल्ने बताए।  उनले  विद्युत जस्तो  संबेदनशिल क्षेत्रमा व्यवसाय गर्ने विद्युत व्यवसायीहरुको यस संस्थाले आम उपभोक्तालाई नविनतम र गुणस्तरी सेवा दिन आग्रह गरे।
 

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, कात्तिक २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्