Kathmandu Press

शिखर धवनले एनपिएल खेल्ने, कर्णाली याक्समा आबद्ध

धवन एनपिएलमा आबद्ध सबैभन्दा ठूला स्टार क्रिकेटर हुन्। यअसघि विराटनगर किंग्सले न्युजिल्यान्डका स्टार ओपनर मार्टिक गप्टिल र जनकपुर बोल्ट्सले न्यजिल्यान्डकै स्टार अलराउन्ड जिमी निशमलाई अनुबन्धन गरेको छ।
शिखर धवनले एनपिएल खेल्ने, कर्णाली याक्समा आबद्ध

काठमाडाैं, कात्तिक २९ : भारतीय पूर्व स्टार क्रिकेटर शिखर धवनले नेपालमा क्रिकेट खेल्ने भएका छन्। केही महिनाअघि मात्र क्रिकेटबाट सन्न्यासको घोषणा गरेका शिखरले पहिलो पटक आयोजना हुने फ्रेन्चाइज लिग नेपाल प्रियिमर लिग (एनपिएल) खेल्ने भएका हुन्।

३८ वर्षीय धवनलाई एनपिएलका लागि कर्णाली याक्सले अनुबन्धन गरेको हो। उनी एनपिएल खेल्ने अहिलेसम्मकै सबैभन्दा ठूला स्टार क्रिकेटर हुन्।

कर्णाली याक्सको टिमले भारत नै पुगेर धवनसँग सम्झौता गरेको छ। धवनसँग सम्झौता गर्न टिमका मालिक झनक दत्त खनाल र गृहेन्द्र घिमिरे भारत पुगेका थिए।

Hardik ivf

पछिल्लो समय चोटले सताइएपछि उनले गत अगस्तमा मात्र क्रिकेन्टबाट सन्न्यासको घोषणा गरेका थिए। उनले भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टि–२० खेल खेलेका छन्। धवन भारतकै सफल ओपनर मध्ये एक हुन्। 

लामो समयसम्म रोहित शर्मा र धवनले ओपनिङ जोडीमा रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा राज गरेका थिए। भारतले विश्वकप जित्दा टिममा नरहेपनि धवनले च्याम्पियन्स ट्रफी र एसिया कप भने जितेका छन्। उनले टेस्टमा ७ शतक र ५ अर्धशतकसहित २३१५ रन बनाएका छन् भने एकदिवसीयमा १७ शतक र ३९ अर्धशतक मद्दतमा ६७९३ रन बनाएका छन्। 

यस्तै, टि–२० अन्तर्राष्ट्रिमा ११ अर्धशतकमद्दतमा १७५९ रन बनाएका छन्। टि–२०मा उनले ३३४ खेल खेल्दै १० हजार हाराहारीमा रन बनाएका छन्। 

466970542_552532290862825_8413509981291543382_n-1731562793.jpg

उनी विश्वकै ठूलो फ्रेन्चाइज लिग आईपिएलका पनि सफल खेलाडी हुन्। ४ टिमबाट आईपिएल खेलेका हुनले ६७६९ रन बनाएका छन्। आईपिएल उनले सनराइजर्स हैदरावाद, दिल्ली क्यापिटल्स, पञ्जाव किंग्स र मुम्बई इन्डियन्सबाट उनले आईपिएल खेलेका छन्। अघिल्लो सिजन उनले पञ्जाबबाट चोटका कारण सुरुआती केही खेल मात्र खेलेका थिए।

धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनकदत्त खनालले खुसी व्यक्त गरेका छन्। उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए। यस्तै अर्का मालिक गृहेन्द्र घिमिरेले ठूलो आर्थिक चुनौतीबीच धवनलाई अनुबन्ध गर्न सफल भएको बताए । धवनको आगमनसँगै नेपाली क्रिकेट र कर्णाली याक्सले सफलता हात पार्ने आशा गरेको उनले बताए। 

यता, धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन्।

धवन एनपिएलमा आबद्ध सबैभन्दा ठूला स्टार क्रिकेटर हुन्। यअसघि विराटनगर किंग्सले न्युजिल्यान्डका स्टार ओपनर मार्टिक गप्टिल र जनकपुर बोल्ट्सले न्यजिल्यान्डकै स्टार अलराउन्ड जिमी निशमलाई अनुबन्धन गरेको छ।

प्रकाशित मिति: ११:२५ बजे, बिहीबार, कात्तिक २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्