Kathmandu Press

यू–१९ एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूहमा

प्रतियोगितामा नेपाल भारत र पाकिस्तानसँगै समूह एमा परेको छ।
यू–१९ एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूहमा

काठमाडाैं, कात्तिक २८ : नेपाली युवा महिला क्रिकेट टिमले यू–१९ एसिया कप खेल्ने भएको छ। यू–१९ महिला एसिया कप अर्को महिना मलेसियामा आयोजना हुँदैछ। 

प्रतियोगितामा नेपाल भारत र पाकिस्तानसँगै समूह एमा परेको छ। एसियन क्रिकेट काउन्सिलले बुधबार सार्वजनिक गरेको तालिका अनुसार समूह बीमा आयोजक मलेसियासँगै श्रीलंका र बंगलादेश छन्।

डिसेम्बर १५देखि २२ हुने प्रतियोगितामा नेपालले पहिलो खेल पाकिस्तानसँग डिसेम्बर १६मा खेल्ने छ भने दोस्रो खेल डिसेम्बर १७मा भारतसँग खेल्नेछ। 

समूहका शीर्ष दुई टिम सुपर फोरमा पुग्नेछन्। सुपर फोरका शीर्ष दुई टिमबीच उपाधि भीडन्त हुनेछ। 

यो प्रतियोगिता नेपालका लागि अर्को वर्ष हुने यू–१९ टि–२० महिला विश्वकप तयारी पनि हुनेछ। नेपाली टिम आजै भएको खेलमा युएईलाई ८ विकेटले हराउँदै पहिलो पटक विश्वकपमा छानिएको हो।

प्रकाशित मिति: २०:४६ बजे, बुधबार, कात्तिक २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्