Kathmandu Press

ठगी आरोपमा चलचित्र 'तेल भिसा'का निर्माता र निर्देशकविरूद्ध उजुरी

उजुरीउपर अनुसन्धान भइरहेको पनि एसपी अधिकारीले जानकारी दिएका छन्।
ठगी आरोपमा चलचित्र 'तेल भिसा'का निर्माता र निर्देशकविरूद्ध उजुरी

काठमाडौं, कात्तिक २८ । चलचित्र 'तेल भिसा'का निर्माता र निर्देशकविरूद्ध ठगीको आरोप लागेको छ।

निर्माता ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेविरूद्ध ठगीको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो।

शंकर र ऋचा श्रीमान-श्रीमती पनि हुन्।

उनीहरूविरूद्ध अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा मंगलबार उजुरी आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन्।

उजुरीउपर अनुसन्धान भइरहेको पनि एसपी अधिकारीले जानकारी दिएका छन्।

चलचित्र तेल भिसा मंसिर ७ गते रिलिज गर्ने तयारी छ।

प्रकाशित मिति: २०:३१ बजे, बुधबार, कात्तिक २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्