Kathmandu Press

प्रचण्डले दिए यू–१९ महिला विश्वकपमा पुग्न सफल महिला टोलीलाई बधाई

उनले विश्वकपमा छनोट भएर नेपाली टिमले देशको गौरव बढाएको पनि उल्लेख गरेका छन्।
प्रचण्डले दिए यू–१९ महिला विश्वकपमा पुग्न सफल महिला टोलीलाई बधाई

काठमाडौं, कात्तिक  २८ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यु-१९ महिला विश्वकपमा छनोट भएको नेपाली टिमलाई बधाई दिएका छन्।

बुधबार संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपाली टोली अर्को वर्ष मलेसियामा हुने यु-१९ विश्वकपमा छनोट भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गरेका हुन्।

उनले विश्वकपमा छनोट भएर नेपाली टिमले देशको गौरव बढाएको पनि उल्लेख गरेका छन्।

Hardik ivf

'तपाईंहरूको अठोट, साधना र मिहिनेतले खेल क्षेत्रमा नयाँ इतिहास कोर्न सफल भएको छ। यु-१९ नेपाली महिला क्रिकेट टोलीलाई हार्दिक बधाई एवम् विश्वकप यात्रामा सफलताको हार्दिक शुभकामना,' अध्यक्ष प्रचण्डले लेखेका छन्।

बुधबार युएईमा भएको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलो पटक यू–१९ महिला टि–२० विश्वकपमा छनोट भएको हो।

 ४ टिम सहभागी डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले ५ खेल जित्दै १० अंकसहित शीर्ष स्थानमा रह्यो। युएई पनि समान ५ जितसहित १० अंक नै जोड्दै रनरेटमा नेपालभन्दा पछि रह्यो। थाइल्यान्ड र कुवेत त्यसपछि रहे।

घरेलु टोली युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेटको क्षतिम भेट्टाएको थियो। विश्वकपमा पुग्न युएईले दिएको लक्ष्य नेपालले १६.२ ओभरमा भेट्टाउनु पर्ने थियो।

नेपालका लागि ओपनर सना प्रविनले नटआउट रन ३५ बनाइन् भने कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।

त्यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाएको थियो। उसका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् भने रिनिथा रन्जितले २० रनको योगदान दिइन्।

नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् भने रिया शर्मा र सीमा केसीले समान २ विकेट लिए।

प्रकाशित मिति: २०:०६ बजे, बुधबार, कात्तिक २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्