काठमाडौंमा हुने जागरण सभाको तयारीका लागि एमालेले बनायो संयोजन समिति
नेकपा एमालेले मंसिर ७ गते काठमाडौंमा गर्ने जनसभाको तयारीका लागि संयोजन समिति बनाएको छ।
काठमाडौं, कात्तिक २८ । नेकपा एमालेले मंसिर ७ गते काठमाडौंमा गर्ने जनसभाको तयारीका लागि संयोजन समिति बनाएको छ।
बुधबार बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा एमालेले ११ सदस्यीय संयोजन समिति बनाएको हो।
समितिमा कैलाश ढुंगेल सहसंयोजक छन्।
त्यस्तै टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, तिक्षिज थेबे, समिक बडाल र जनन चौधरी सदस्य छन्।
समितिको पहिलो बैठक पनि बुधबार नै बसेको छ।
बैठकले जागरण सभालाई प्रभावकारी बनाउनका लागि जनपरिचालन, जनसभा, जनप्रदर्शन लगायतको व्यवस्था मिलाइएको जनाएको छ।

प्रकाशित मिति: १७:५३ बजे, बुधबार, कात्तिक २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












