Kathmandu Press

र्‍यापिड टेष्टमा सर्लाहीमा एक जनामा देखियो कोरोना पोजेटिभ

सर्लाही, वैशाख ६ : सर्लाहीमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ। सर्लाहीको क्वारेन्टाइनमा रहेका ....

र्‍यापिड टेष्टमा सर्लाहीमा एक जनामा देखियो कोरोना पोजेटिभ
फाइल

सर्लाही, वैशाख ६ : सर्लाहीमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ। सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्‍यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो।

सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।  
 
कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताए। उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई र्‍यापिड टेष्ट गर्दा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको उनले जानकारी दिए।

कोरोना पोजेटिभ देखिएका ती बालक चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए। भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो। रासस

प्रकाशित मिति: १३:४० बजे, शनिबार, वैशाख ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्