उपचुनावमा रास्वपाको टिकट बाँड्ने जिम्मा बुर्लाकोटीलाई
रास्वपाको मंगलबार बसेको सचिवालय बैठकले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरेको छ।
काठमाडौं, २८ कात्तिक : आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट बाँड्ने जिम्मा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले पाएका छन्।
रास्वपाको मंगलबार बसेको सचिवालय बैठकले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मा बुर्लाकोटीलाई दिने निर्णय गरेको छ।
पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा अनपेक्षित परिस्थितिलाई मध्यनजर गर्दै पार्टी सभापति रवि लामिछानेलाई दिइएको अधिकार कार्यवाहक महामन्त्रीलाई दिइएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा उक्त निर्णयबमोजिम पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरिएको जनाईएको छ।
प्रकाशित मिति: १४:४२ बजे, बुधबार, कात्तिक २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












