परराष्ट्रमन्त्री राणा मंसिर १३ मा बेइजिङ जाने
मंसिर तेस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चीन भ्रमणको तयारीका लागि राणा बेइजिङ जान लागेकी हुन्।
काठमाडौं, कात्तिक २८ : परराष्ट्रमन्त्री आरजु राणा देउवा मंसिर १३ गते बेइजिङ जाने भएकी छन्।
समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी बेइजिङ जान लागेकी हुन्।
प्रधानमन्त्री केपी ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि राणा बेइजिङ जान लागेकी हुन्।
राणाले परराष्ट्र मन्त्रालयमा सचिवसहित चिनियाँ राजदूत चेन सोङसँग भ्रमण तयारीका लागि छलफल गरेकी हुन।
प्रकाशित मिति: १३:३५ बजे, बुधबार, कात्तिक २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












