Kathmandu Press

कृषि फार्मभित्र गाँजाको कारोबार, फार्म सञ्चालक पक्राउ

धरान उपमहानगरपालिका १७ खेरैनीमा रहेको सप्रिम एग्रीकल्चर कृषि फार्मबाट ३ सय ७ किलो गाँजा सहित फार्म संचालक ४४ वर्षीय मनीराज राईलाई पक्राउ गरिएको हो।
कृषि फार्मभित्र गाँजाको कारोबार, फार्म सञ्चालक पक्राउ

सुनसरी, कात्तिक २८ : कृषि फार्मभित्र लागू औषध गाँजाको ठूलो परिणामाको सहित फार्म सञ्चालक पक्राउ परेका छन्। 

कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले धरान उपमहानगरपालिका १७ खेरैनीमा रहेको सप्रिम एग्रीकल्चर कृषि फार्मबाट ३ सय ७ किलो गाँजा सहित फार्म संचालक धरान उपमहानगरपालिका १३ का ४४ वर्षीय मनीराज राईलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता डिएसपी रामप्रसाद तिमल्सिनाका अनुसार प्लास्टिकका १० वटा बोरामा लुकाइ छिपाइ राखिएको गाँजा मंगलबार राति बरामद गरिएको हो।

धनकुटा भोजपुरलगायतका पहाडी जिल्लाबाट गाँजा ल्याएर कृषि फार्ममा भण्डारण  गरेको फार्मबाटै अन्यत्र सप्लाई हुने गरेको प्रहरीको भनाइ छ। राईविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। 


 

प्रकाशित मिति: १३:१७ बजे, बुधबार, कात्तिक २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्