Kathmandu Press

कुलमान घिसिङले आकस्मिक पत्रकार सम्मेलन गर्दै

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद, सरकार र उद्योगीसँगको विवाद लगायत विषयलाई लिएर बुधबार दिउँसो २ बजे प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन घोषणा गरेका हुन्।
कुलमान घिसिङले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौं, कात्तिक २८ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आकस्मिक पत्रकार सम्मेलनको घोषणा गरेका छन्।

कार्यकारी निर्देशक घिसिङले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद, सरकार र उद्योगीसँगको विवाद लगायत विषयलाई लिएर बुधबार दिउँसो २ बजे प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन घोषणा गरेका हुन्।

Hardik ivf

‘डेडिकेटड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता विद्युत आपूर्ति बन्द गरिएका ६१ उद्योगमा लाइन जोड्न मन्त्रिपरिषद्को बैठक बसी सरकरले निर्देशन दिएको थियो।

बक्यौता नउठाइ लाइन जोड्न नहुने अडानमा रहेको कार्यकारी निर्देशक घिसिङ लाइन काटिएका उद्योगमा पुनः बिजुली आपूर्ति गर्न मन्त्रिपरिषद् निर्णय नै आवश्यक पर्ने भनेका घिसिङ सोही बेहोराको निर्णय भएपछि असमञ्जसमा परेका थिए।

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौताबारे पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वमा गठित उच्चस्तरीय आयोगको प्रतिवेदन अनुसार ‘टीओडी’ मिटरका आधारमा बक्यौता असुल्नुपर्ने भनेपछि घिसिङ समस्यामा परेका छन्।

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, कात्तिक २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्