Kathmandu Press

‘मलाई कसैले किन्न सक्दैन, म बेचिन्नँ’

‘न्यायपालिकाको जिम्मा म प्रकाश राउतले लिने हो । यो मेरो नैतिक जिम्मेवारीभित्र पर्छ,’ उनले भने, ‘यस निम्ति म यो भन्दछु र उद्घोष पनि गर्न चाहान्छु–म बेचिन्नँ। मलाई कसैले किन्न सक्दैन।’ 
‘मलाई कसैले किन्न सक्दैन, म बेचिन्नँ’

काठमाडौं, कात्तिक २८ : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रधानन्यायाधीशका रुपमा आफू नबेचिने र सकैले किन्न नसक्ने बताएका छन्। 

‘कान्तिपुर कन्क्लेभ–२०२४’ लाई बुधबार सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले यस्तो भनाई राखेका हुन्। राउतले आफु पदमा रहँदासम्म न्याय क्षेत्रको जिम्मेवारी लिन तयार रहेकोसमेत बताए। 

‘न्यायपालिकाको जिम्मा म प्रकाश राउतले लिने हो । यो मेरो नैतिक जिम्मेवारीभित्र पर्छ,’ उनले भने, ‘यस निम्ति म यो भन्दछु र उद्घोष पनि गर्न चाहान्छु–म बेचिन्नँ। मलाई कसैले किन्न सक्दैन।’ 

राउतले आफुले न्यायिक मर्यादा राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो समयमा न्यायलयको शीर नझुक्नेगरी समय व्यतित गर्ने भनाई समेत राखे। उनले अरु क्षेत्रका जिम्मेवारी कस्ले लिन्छ भन्दै प्रश्न समेत गरे। 

एउटा क्षेत्र मात्रै सुधार गर्न खाजेर मात्र नहुने पनि उनले बताए । ‘अन्तको बाछिटा पनि यहाँ आउला । फेरि त्यसको जिम्मा कसले लिन्छ ?,’ राउतले भने। 

प्रकाशित मिति: १२:५६ बजे, बुधबार, कात्तिक २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्