Kathmandu Press

रास्वपा सभापति लामिछानेसँग लिखित बयान शुरु

लामिछानेसँग बुधबार बिहान कार्यालय खुलेलगत्तै लिखित बयान लिन सुरु गरिएको हो।
रास्वपा सभापति लामिछानेसँग लिखित बयान शुरु

काठमाडौं, कात्तिक २८ : सुप्रीम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बुधबारदेखि लिखित बयान सुरु गरिएको छ।

लामिछानेसँग बुधबार बिहान कार्यालय खुलेलगत्तै लिखित बयान लिन सुरु गरिएको हो।

Hardik ivf

लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगेर दुरुपयोग गरेको आरोपमा उजुरी छ। 

संसदीय समितिको छानबिन प्रतिवेदनमा सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेको नाममा व्यक्तिगत रकम समेत गएको उल्लेख छ। 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई कास्की प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो। 

लामिछानेलाई मंगलवार दिउँसो १ बजे पोखरा विमानस्थलबाट भैरहवा हुँदै जिल्ला सरकारी वकिलको कार्यालय पु¥याइएको छ। रुपन्देही जिल्ला अदालतले कार्तिक ८ गते लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। 

प्रकाशित मिति: १२:४८ बजे, बुधबार, कात्तिक २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्