Kathmandu Press

कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी घुससहित पक्राउ 

मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलले जिल्ला अदालत कपिलबस्तका तहसीलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई पक्राउ गरेको हो।
कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी घुससहित पक्राउ 

काठमाडौं, कात्तिक २८ : जिल्ला अदालत कपिलबस्तका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन्।

मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलले तहसीलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई पक्राउ गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता नरहरि घिमिरेका अनुसार मिश्रलाई २० हजार रुपैयाँ र पाण्डेलाई ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ।

वेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: १२:४३ बजे, बुधबार, कात्तिक २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्