Kathmandu Press

रास्वपाको पत्रकार सम्मेलन स्थगित 

पत्रकार सम्मेलन विशेष कारणबस स्थिगित भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाको पत्रकार सम्मेलन स्थगित 

काठमाडौं, कात्तिक २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो २ बजे गर्ने भनेको पत्रकार सम्मेलन स्थगित गरेको छ। 

रास्वपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न पार्टी कार्यालयमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने बताएको थियो।

पत्रकार सम्मेलन विशेष कारणबस स्थिगित भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। दोस्रो चरणको आन्दोलन घोषणाको मिति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको उनले बताए।

सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ। 

लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा रास्वपाले आन्दोलन गर्दै आइरहेको थियो।
 

प्रकाशित मिति: १२:३९ बजे, बुधबार, कात्तिक २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्