Kathmandu Press

राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा बाकु पुगेका राष्ट्रपति पौडेलसँग गुटेरेसले भेट गर्न लागेका हुन्।
राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै

बाकु, कात्तिक २८ : राष्ट्रपति रामचन्द्र पौडेलसँग आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा बाकु पुगेका राष्ट्रपति पौडेलसँग गुटेरेसले भेट गर्न लागेका हुन्।

Hardik ivf

राष्ट्रपति पौडेलले आजै नेपालका तर्फबाट ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा विशेष सत्र सञ्चालन गर्नेछन्। उक्त सत्रमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराइने छ। 

राष्ट्रपति पौडेल आजै कीर्गिस्तानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। 

प्रकाशित मिति: १२:२६ बजे, बुधबार, कात्तिक २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्