Kathmandu Press

प्रधानमन्त्री ओली आज जुम्ला जाँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी जनाउका लागि प्रधानमन्त्री ओली जुम्ला जान लागेका हुन्।
प्रधानमन्त्री ओली आज जुम्ला जाँदै

काठमाडौं, कात्तिक २८ : प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदै छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी जनाउका लागि प्रधानमन्त्री ओली जुम्ला जान लागेका हुन्।

दीक्षान्त समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि सहभागी हुने कार्यक्रम छ।

समारोहमा ओलीले जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थीलाई दीक्षित गर्नेछन्।
 

प्रकाशित मिति: ११:३६ बजे, बुधबार, कात्तिक २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्