रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने
बुधबार पार्टी कार्यलय वनस्थलीमा २ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।काठमाडौं, कात्तिक २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ।
बुधबार पार्टी कार्यलय वनस्थलीमा २ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ। यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो।
उक्त कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रास्वाको ठम्याइ छ।
प्रकाशित मिति: १०:२६ बजे, बुधबार, कात्तिक २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी होशनिबार, मंसिर ८, २०८१
दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवानाशनिबार, मंसिर ८, २०८१
देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमानशनिबार, मंसिर ८, २०८१
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१