Kathmandu Press

रवि लामिछानेको बयान सकिएन, आज रूपन्देही प्रहरीको हिरासतमा राखिने

बुधबार बिहान १० बजेदेखि बयान पुनः सुरू हुने
रवि लामिछानेको बयान सकिएन, आज रूपन्देही प्रहरीको हिरासतमा राखिने
फाइल तस्बिर।

काठमाडौं, कात्तिक २७ । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका रवि लामिछाने मंगलबार रूपन्देहरी प्रहरीको हिरासतमै रहने भएका छन्।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बयानका लागि मंगलबार रूपन्देही लगिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयमा बयान नसकिएपछि उनी आज रूपन्देही प्रहरीकै हिरासतमा रहने भएका हुन्।

Hardik ivf

 बुधबार बिहान १० बजेदेखि पुनः लामिछानेको बयान लिइने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको बचत अपचलन गरेको पनि आरोप छ।

सुप्रिम सहकारीबाट एक करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय विशेष छानबिन समितिले औंल्याएको थियो।

सोही आरोपमा उनीविरूद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएसँगै उनलाई मंगलबार कास्कीबाट रूपन्देही पुर्‍याइएको थियो।

यसअघि पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा उनी कात्तिक २ गते पक्राउ परेका थिए।

उनीविरूद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले चौथो पटक दस दिनको म्याद थप गरेको छ। उनी २५ दिनदेखि हिरासतमा छन्।

प्रकाशित मिति: १९:२९ बजे, मंगलबार, कात्तिक २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्