भारतमा एकैदिन ९९१ मा कोरोना, नेपालसँग जाेडिएका राज्यमा पनि बढ्दाे
काठमाडौं, वैशाख ६ : भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। गत २४ घन्टामा ९९१ जनामा कोरोना देखिएको छ भने ४३ जनाको मृत्यु भएको छ।
भारतीय ....

काठमाडौं, वैशाख ६ : भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। गत २४ घन्टामा ९९१ जनामा कोरोना देखिएको छ भने ४३ जनाको मृत्यु भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, विभिन्न राज्यमा गरेर एकै दिन ९९१ जनामा संक्रमण देखिएको हो। योसँगै भारतमा कोरोना संक्रमितको सख्या १४ हजार नाघेको छ।
शनिबार बिहानसम्मको तथ्यांकअनुसार, १४ हजार तीन सय ७८ जनामा कोरोना देखिएको छ। त्यसमध्ये चार सय ९३ जनाको मृत्यु भएको छ। गत २४ घन्टामा मत्रै ४३ जनाले ज्यान गुमाएका छन्।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा तीन हजार तीन सय २३ जनामा कोरोना देखिएको छ। त्यस्तै, दिल्लीमा एक हजार सात सय सात, तमिलनाडुमा एक हजार तीन सय २३, मध्य प्रदेशमा एक हजार तीन सय १० र राजिस्थानमा एक हजार दुई सय २९ जनामा कोरोना देखिएको छ।
नेपालसँग सीमा जोडिएका राज्यमा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ। नेपालसँग जोडिएका उत्तर प्रदेशमा आठ सय ४९, पश्चिम बंगालमा दुई सय ८७, बिहारमा ८३ र उत्तराखण्डमा ४० जनामा कोरोना देखिएको छ।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


