Kathmandu Press

शेख हसिनाविरूद्ध  रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार गरेको छ।
शेख हसिनाविरूद्ध  रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

काठमाडौं, कात्तिक २७ । बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार गरेको छ।

बंगलादेशी पत्रिका द डेली स्टारका अनुसार हसिनाविरूद्ध रेड नोटिस जारी गर्न बंगलादेशको विशेष अदालतले इन्टरपोलमा पत्राचार गरेको हो।

Hardik ivf

हसिना प्रधानमन्त्री हुँदा बंगलादेशमा भएको आन्दोलनमा उनले प्रदर्शनकारीको हत्या गरेको आरोपमा यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो।

विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेपछि हसिना देशै छाडेर भागेकी थिइन्।

अहिले उनी अन्य देशको शरणमा रहेका कारण उनलाई पक्राउ गर्नका बंगलादेशको विशेष अदालतले अन्तर्राष्ट्रिय प्रहरी संस्था गुहारेको हो।

हसिनाविरूद्ध बंगलादेशको विशेष अदालतले दुई दिनअघि नै रेड नोटिस जारी गर्न प्रहरी प्रमुखमार्फत इन्टरपोललाई पत्राचार गरेको द डेली स्टारले जनाएको छ ।

 'दुई दिनअघि नै पत्राचार भइसकेको छ। हसिना हत्या र  मानवअधिकारको गम्भीर उल्लंघन विरूद्धको घटनाका फरार आरोपी हुन्,' सिनियर सरकारी वकिल तजुल इस्लामले द डेली स्टारसँग भनेका छन्।

विशेष अदालतले मंगलबार नै चार जना प्रहरीविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनीहरूविरूद्ध प्रदर्शनरत विद्यार्थीहरूको हत्या गरेको आरोप लगाइएको छ।  

प्रकाशित मिति: १९:१८ बजे, मंगलबार, कात्तिक २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्