Kathmandu Press

मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

मंगलबार  जिल्ला अदालत काठमाडौंले अधिकारीलाई उनीविरूद्ध लागेको आरोपबारे ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
फाइल तस्बिर।

काठमाडौं, कात्तिक २७ । मानव तस्करको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

मंगलबार  जिल्ला अदालत काठमाडौंले अधिकारीलाई उनीविरूद्ध लागेको आरोपबारे ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

उनीविरूद्ध लिखत कीर्तेसँगै मानव तस्करीको आरोपबारे पनि अनुसन्धान हुनेछ।

अधिकारीलाई यसअघि दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो।

उनी प्रदेश सरकार र परराष्ट्र मन्त्रालयलाई जानकारी नगराई जापान उडेका थिए। उनीसँगै अरू तीन जना पनि जापान गएका थिए। त्यहाँ शंकास्पद लागेर मन्त्री अधिकारीसहित चारै जनालाई नेपाल डिपोर्ट गरिदिएको थियो।

मन्त्रीबाहेक तीन जनालाई भने प्रहरीले पक्राउ गरेको थियो।

नेपाल डिपोर्ट भएपछि अधिकारीले नैतिकताको आधारमा भन्दै कोशी प्रदेको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा दिएका थिए।

प्रहरी हिरासतमा रहेका तीन जनाको बयानका आधारमा काठमाडौं प्रहरीले अरू तीन जनालाई पनि पक्राउ गरेको थियो। उनीहरूको बयानका आधारमा पूर्वमन्त्री अधिकारीलाई पनि आइतबार विराटनगरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

काठमाडौं ल्याएर उनलाई सोही दिन काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो। 

त्यसदिन उनीविरूद्ध लागेको आरोपबारे अनुसन्धान गर्न अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

अधिकारीविरूद्ध काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ। 

 

प्रकाशित मिति: १८:२२ बजे, मंगलबार, कात्तिक २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्