Kathmandu Press

बागमतीमा मन्त्री बनेको तीन महिनापछि श्रेष्ठले पाए विभागीय जिम्मेवारी

मन्त्रालय फुटाएर दिइयो जिम्मेवारी, मन्त्रिपरिषदको आकार १४ सदस्यीय
बागमतीमा मन्त्री बनेको तीन महिनापछि श्रेष्ठले पाए विभागीय जिम्मेवारी

काठमाडौं, कात्तिक २७ । बागमती प्रदेशमा मन्त्री बनेका मदुकुमार श्रेष्ठले तीन महिनापछि विभागीय जिम्मेवारी पाउने भएका छन्।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले विनाविभागीय मन्त्रीलाई विभागीय जिम्मेवारी दिन संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय फुटाएर सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय सिर्जना गरिएको हो।

नयाँ सिर्जना गरिएको मन्त्रालय श्रेष्ठले पाउने निश्चित छ। यद्यपि आजकै बैठकले भने उनको जिम्मेवारी तोकेको छैन।

विनाविभागीय मन्त्री श्रेष्ठलाई छिट्टै मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी प्रदान गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।  

योसँगै बागमती मन्त्रिपरिषदको आकार १४ सदस्यीय बनेको छ।

कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री रहेको सरकारमा कांग्रेसकै सांसद श्रेष्ठले तीन महिनापछि मात्रै विभागीय जिम्मेवारी पाउने भएका छन्।

उनले गत साउन ९ गते विनाविभागीय मन्त्रीको सपथ लिएका थिए।

कुन मन्त्रालय फुटाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा श्रेष्ठलाई विभागीय जिम्मेवारी प्रदान गर्न ढिलाई भएको हो।

 

प्रकाशित मिति: १७:०५ बजे, मंगलबार, कात्तिक २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्