Kathmandu Press

कोरोनाबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं, वैशाख ६ : कोरोना भाइरसबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पदाधिकारी बैठक बोलाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउव....

कोरोनाबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक
फाइल फाेटाे

काठमाडौं, वैशाख ६ : कोरोना भाइरसबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पदाधिकारी बैठक बोलाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएको हो। बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारबाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

साथै लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिक, डेरामा बसेका विद्यार्थी, आर्थिकरूपमा विपन्न समुदायलगायतलाई परेको समस्या र सार्वसाधारणका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा देखिएको कठिनाइबारेमा समेत छलफल हुने जनाएको छ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकभर चैत ११ गतेदेखि लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक दोस्रो पटक बस्न लागेको हो। पदाधिकारी बैठक यसअघि चैत २५ गते पहिलोपटक बसेको थियो।

कांग्रेस पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव रहेका छन भने वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रूपमा सहभागी हुनेछन्।

प्रकाशित मिति: १०:१४ बजे, शनिबार, वैशाख ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्