Kathmandu Press

एकीकृत समाजवादीका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश

मंगलबार नेकपा एमाले पार्टी कार्यालय दैलेखको एक कार्यक्रमबीच शाही एमाले प्रवेश गरेका हुन्। 
एकीकृत समाजवादीका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश

काठमाडौं, कात्तिक २७ : नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश अधिवेशन चलिरहेका बेला सोही प्रदेशबाट केन्द्रीय सदस्य रहेका जंगबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन्।

मंगलबार नेकपा एमाले पार्टी कार्यालय दैलेखको एक कार्यक्रमबीच शाही एमाले प्रवेश गरेका हुन्। 

अहिले नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी छ। 

उक्त पार्टीका अध्यक्ष माधव कुमार नेपाल अहिले सुर्खेतमै छन् । पार्टी प्रवेशकाक्रममा शाहीलाई एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल, पोलिटब्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल, केन्द्रीय सदस्य विनोदकुमार शाहले स्वागत गरेका थिए। 

समाजवादीका केन्द्रीय सदस्य समेत रहेका शाही एमाले फर्किएका हुन् । शाहीलाई स्थानीय तह उपनिर्वाचनमा दैलेखको महाबु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनाउने आश्वासन दिएको जनाइएको छ। 

शाही २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट महाबु गाउँपालिका दैलेखको अध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट उक्त गाउँपालिकाको अध्यक्षकै उम्मेदवार बनेर पराजित भएका थिए। 

दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको मृत्यु भएका कारण मंसिर १६ मा निर्वाचन हुँदैछ। 

प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, कात्तिक २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्