नेप्से परिसूचक ओरालो लाग्दा सात अर्ब ८५ करोडमा झर्यो कारोबार
लगातार उकालो लागेको नेप्से परिसूचक आज ११.२४ अंकले ओरालो लागेर दुई हजार सात सय ४८ दशमलव ९६ मा सीमित भएको छ।
काठमाडौं, कात्तिक २७ : अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ।
लगातार उकालो लागेको नेप्से परिसूचक आज ११.२४ अंकले ओरालो लागेर दुई हजार सात सय ४८ दशमलव ९६ मा सीमित भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अंकले ओरालो लागेर चार सय ८८ दशमलव ७८ मा सीमित भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ। कूल एक करोड ६७ लाख ८६ हजार नौ सय ३४ कित्ता शेयर सात अर्ब ८५ करोड ९७ लाख ४० हजार सात सय ९८ मूल्यमा खरिदबिक्री भएको छ।
नेप्सेका अनुसार गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। वेस्ट फाइनान्स ९.९९, एनएलजी इन्स्योरेन्स कम्पनी ९.९९ र समृद्धि फाइनान्सका लगानीकर्ताले ९. ६१ प्रतिशतले कमाएका छन्।
यस्तै, गुडविल फाइनान्स ९.३६, आँखु खोला जलविद्युत् कम्पनी ४.९१, माछापुच्छ्रे बैंक ४.५९, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी ३.७१ र हिमालय बैंकको बन्डका लगानीकर्ताले ३.४८ प्रतिशतले गुमाएका छन्।










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
