जेल चलान भए दीपक मनाङे
मनाङे सर्वोच्चले ज्यानमार्ने उद्दोगमा तोकेको पाँच वर्ष कैदको फैसलामा यसअघि थुनामा बसेको दिन कट्टा गरी अब २ वर्ष ४ महिना १ दिन कारागारमा थुनामा रहने गरी काठमाडौं जिल्ला अदादतले जेल चलान गरेको हो ।
काठमाडौं, कात्तिक २७ : गण्डकी प्रदेशसभा सदस्य पूर्वमन्त्री दीपक मनाङे जेल चलान भएका छन्।
ज्यान मार्ने उद्योग अपराधमा अदालतबाट दोषी ठहर भई सजाय तोकिएका मनाङ जिल्ला अदालत काठमाडौंले कैद सजायको लगत कसेर मंगलबार डिल्लीबजार सदर खोर चलान गरेको छ।
मनाङे सर्वोच्चले ज्यानमार्ने उद्दोगमा तोकेको पाँच वर्ष कैदको फैसलामा यसअघि थुनामा बसेको दिन कट्टा गरी अब २ वर्ष ४ महिना १ दिन कारागारमा थुनामा रहने गरी काठमाडौं जिल्ला अदादतले जेल चलान गरेको हो । मनाङेलाई मंगलबार सानोभ¥याङबाट पक्राउ गरिएको थियो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि मंगलबार काठमाडौँ जिल्ला अदालतमा हाजिर गराएको थियो । त्यसपछि कैदको लगत राखेर कारागार पठाएको हो।
मनाङेविरुद्ध अर्का डन चक्रे मिलनमाथि तरबार प्रहार गरी ज्यान मार्ने उद्दोग गरेको मुद्दामा गत कात्तिक २० गते सर्वोच्च अदालतले ५ वर्ष कैद हुने फैसला सुनाएको थियो।




-1786867986.jpg)




-1786867986.jpg)

-1786866852.jpg)