फैसला कार्यान्वयनका लागि मनाङेलाई अदालत पेस गरियो
मनाङेलाई फैसला कार्यान्वयन गर्ने सिलसिलामा अदालतमा पेस गरिएको हो।
काठमाडौं, कात्तिक २७ : ज्यानमार्ने उद्योगमा पक्राउ परेका गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङेलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
मनाङेलाई फैसला कार्यान्वयन गर्ने सिलसिलामा उक्त अदालतमा पेस गरिएको हो।
काठमाडौंको सानो भर्याङस्थित कम्फर्ट हाउजिङबाट प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको थियो।
कात्तिक २० गते ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले तत्कालिन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै मनाङेलाई दोषी ठहर गरेको थियो।
लगत्तै मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि उनी फरारर थिए।
२०६९ सालमा पुनरावेदन अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो।
प्रकाशित मिति: १४:४५ बजे, मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












