सरकारी वकील समक्ष रविको बयान सुरु
सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेसँग सरकारी वकील कार्यालयमा बयान शुरु भएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण प्रमरणमा लामिछाने २६ दिनदेखि प्रहरी हिरासतमा छन्।काठमाडौं, कात्तिक २७ : पोखराबाट प्लेनमा बुटबल पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ।
सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेसँग सरकारी वकील कार्यालयमा बयान शुरु भएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण प्रमरणमा लामिछाने २६ दिनदेखि प्रहरी हिरासतमा छन्।
सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ । उनले व्यक्तिगत रुपमा समेत सुप्रिमबाट दुई करोड रुपैयाँ रकम लगेको छानविनकाक्रममा भेटिएको छ।
लामिछानेको बयान चलिरहँदा रास्वपा लुम्बिनी प्रदेश समितिले प्रदर्शन शुरु गरेका छन्। रास्वपाका समर्थकले भैरहवा विमानस्थलमै पुगेर प्रदर्शन गरेका थिए । लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु गरिएको थियो।
रुपन्देही जिल्ला अदालतले यसअघि लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईलगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।