Kathmandu Press

कोरोना देखिएका १२ जना विराटनगरको विशेष अस्पताल भर्ना

विराटनगर, वैशाख ६ : उदयपुरमा कोरोना भाइरसको संक्रमण देखिएका १२ जनालाई विराटनगरस्थित कोरोना विशेष अस्पताल भर्ना गरिएका छ।

शुक्रबार उदयरपुरको ....

कोरोना देखिएका १२ जना विराटनगरको विशेष अस्पताल भर्ना

विराटनगर, वैशाख ६ : उदयपुरमा कोरोना भाइरसको संक्रमण देखिएका १२ जनालाई विराटनगरस्थित कोरोना विशेष अस्पताल भर्ना गरिएका छ।

शुक्रबार उदयरपुरको मस्जिदमा रहेका १२ जनामा कोरोना देखिएको थियो। उनीहरुलाई गएराति १२ बजे भर्ना गरिएको हो। सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनीहरु भर्ना गरिएको विटारनगरस्थित कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्रले बताइन्।

अस्पतालका अनुसार, अझै पनि उनीहरुमा कुनै लक्षण देखिएका छैनन्। सबै जनालाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ।

त्यस्तै, उनीहरु रहेको मस्जिदमा भेटिएका चार जनालाई मोरङको टाँडी अस्पतालमा राखिएको छ। उनीहरुमा भने कोरोनाको संक्रमण देखिएको छैन।

उनीहरु चैत पहिलो सातादेखि उदयपुरको भुल्केस्थि मस्जिदमा बस्दै आएका थिए। स्थानीय वासिन्दाले खबर गरेपछि प्रशासनले उनीहरुको परीक्षण गरेको थियो।
स्थानीय प्रशासनले मस्जिदसहित बस्तीलाई नै लि गरेको छ। त्यहाँ रहेका सबैको आज परीक्षण गरिन लागेको छ।

अहिलेसम्म नेपालमा ३० जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये सुरुआतमा देखिएका एक जना निको भएर घर फर्किसकेका छन्। अन्य २९ जनाको उपचार चलिरहेको छ।

प्रकाशित मिति: ०९:५८ बजे, शनिबार, वैशाख ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्