आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्छ : पोखरेल
‘प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने छ, संविधान संशोधनका निम्ति केन्द्र देखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिनेमा स्पष्ट पार्दछौं,’ उनले भने।-1723201789.png)
मोरङ, कात्तिक २७ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचन अघि संविधान संशोधन हुनसक्ने बताएका छन्।
विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताए।
‘प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने छ, संविधान संशोधनका निम्ति केन्द्र देखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिनेमा स्पष्ट पार्दछौं,’ उनले भने।
राष्ट्र निर्माणको उद्देश्यका साथ एमाले र कांग्रेसबीच सहकार्य भएको तथा सरकारका काम प्रभावकारी ढङ्गले सम्पादन गर्न द्विदलीय संयन्त्र गठन भएको समेत महासचिव पोखरेलले बताए।
प्रकाशित मिति: १३:५५ बजे, मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












