Kathmandu Press

रविलाई भैरहवा विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगियो

मंगलबार दिउँसो बुद्ध एयरको विमानमार्फत रविलाई पोखराबाट बयानका लागि भैरहवा ल्याइएको हो। उनी चढेको विमान साँढे १२ बजे भैरहवामा अवरतण गरेको थियो। 
रविलाई भैरहवा विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगियो

रुपन्देही, कात्तिक २७ : सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा ल्याइएको छ। 

मंगलबार दिउँसो बुद्ध एयरको विमानमार्फत रविलाई पोखराबाट बयानका लागि भैरहवा ल्याइएको हो। उनी चढेको विमान साँढे १२ बजे भैरहवामा अवरतण गरेको थियो। 

रविलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगिएको छ। सकेसम्म आजै रविको बयान सक्ने तयारी प्रहरीको छ। उनलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ।

बुटवलमा रहेको सुप्रिम सहकारीको १ करोड ९६ लाख रुपैयाँ आफ्नै नाममा तथा थप १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिका नाममा गैरकानुनी ढंगले लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा लगि अपचलन गरेको आरोप छ। 

प्रकाशित मिति: १३:३० बजे, मंगलबार, कात्तिक २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्