Kathmandu Press

रवि चढेको जहाज पोखरबाट भैरहवाका लागि उड्यो

सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चढेको बुद्ध एयरको जहाज पोखराबाट भैरहवाका लागि उडेको छ ।
रवि चढेको जहाज पोखरबाट भैरहवाका लागि उड्यो

कास्की, कात्तिक २७ : सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चढेको बुद्ध एयरको जहाज पोखराबाट भैरहवाका लागि उडेको छ ।

रविलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराउन मंगलबारको पहिलो फ्लाइटबाटै भैरहवा लैजाने तयारी थियो। तर, दुवैतर्फको विमानस्थलमा भिजिविलिटी नहुँदा उठान हुन सकेको थिएन। 

Hardik ivf

अहिले मौसम खुलेपछि उडान सुरु भएको हो।

पोखरामा रहेको सुर्यदर्शन सहकारीसँगै बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि रूपन्देही प्रहरीले बयानका लागि लामिछानेलाई रुपन्देही लैजान लागिएको हो।

लामिछानेलाई ल्याउने भएपछि गौतमबुद्ध विमानस्थल भैरहवामा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ। उनलाई ल्याउने तयारीपछि रास्वपा कार्यकर्ता र  सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले प्रदर्शन गरिरहेका छन्। 

लामिछानेलाई विमानस्थलबाट सिधै जिल्ला सरकारी वकिलको कार्यालयमा लगिनेछ।

बुटवलमा रहेको सुप्रिम सहकारीको १ करोड ९६ लाख रुपैयाँ आफ्नै नाममा तथा थप १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिका नाममा गैरकानुनी ढंगले लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा लगि अपचलन गरेको आरोप छ। 

रवि चढेको विमान केहीबेर भैरहवामा अवतरण गर्ने छ।

प्रकाशित मिति: १२:३४ बजे, मंगलबार, कात्तिक २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्