Kathmandu Press

काठमाडौंबाट भैरहवा उडेको विमान पोखरामा अवतरण

काठमाडौंबाट भैरहवा उडेको विमान पोखरामा अवतरण
फाइल तस्बिर।

काठमाडौं, कात्तिक २७ : खराब मौसमका कारण काठमाडौंबाट भैरहवातर्फ प्रस्थान गरेको बुद्ध एयरको विमान पोखरा‘डाइभर्ट’ भएको छ।

विमानस्थलका सूचना अधिकारी जसुदा पौडेलका अनुसार ९ एन–एएनपी विमान भैरहवाको आकाशमा तीन फन्को मारेर अनुकूल मौसमको प्रतीक्षामा रहे पनि तत्काल मौसम खुल्ने सम्भावना नभएपछि पोखरामा अवतरण भएको हो।

खराब मौसमका कारण भैरहवा विमानस्थल मंगलबार खुल्न सकेको छैन।
 

प्रकाशित मिति: १२:१८ बजे, मंगलबार, कात्तिक २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्