काठमाडाैंबाट पक्राउ परे दीपक मनाङे
प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो। कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।काठमाडौं, कात्तिक २७ : ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङे पक्राउ परेका छन्।
प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो। कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका मनाङेलाई फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइने छ।
कात्तिक २० गते ज्यान मार्ने उद्योगमा सर्वोच्च दालतबाट उनी दोषी ठहर भएका थिए । तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सर्वोच्चले सदर गरेको थियो।
मनाङेलाई २०६९ सालमा पुनरावेदन अदालतले ५ वर्ष कैद सजाय सुनाएको थियो। सर्वोच्चले दोषी ठहर गरे लगत्तै मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
प्रकाशित मिति: ११:२९ बजे, मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे शनिबार, मंसिर ८, २०८१
धरहरा प्रवेश गर्न ५० रुपैयाँ, चढ्न २ सय रुपैयाँ शुल्कशनिबार, मंसिर ८, २०८१
कम्बोडिया पुगे सभामुख घिमिरे शनिबार, मंसिर ८, २०८१