रवि लामिछानेलाई बयानका लागि आज बुटवल लगिंदै
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार बुटवल लैजाने तयारी रहेको छ ।
काठमाडौं, कात्तिक २७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार बुटवल लैजाने तयारी रहेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लान लागिएको हो ।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: ०८:२६ बजे, मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












