Kathmandu Press

काठमाडौंबाट ३५६ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

३५६ ग्राम पहेँलो धातु सुनसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ ।
काठमाडौंबाट ३५६ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, कात्तिक २६ । ३५६ ग्राम पहेँलो धातु सुनसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोण्डा जिल्ला कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

'काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलदेखि काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ६८५८ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा निज कनैया लाललाई सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ गरिएको हो,' उनले भने।

निज कनैया लालले गुप्ताङ्गमा कार्बनको कागज बाहिर खैरो रङको टेपले बेरेर लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त धातु ११ टुक्रा ल्याएका थिए।

घटनाका विषयमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रकाशित मिति: २०:०९ बजे, सोमबार, कात्तिक २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्