Kathmandu Press

 अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी- चीनमा अमेरिकामाभन्दा बढी कोरोनाबाट मृत्यु भएको छ 

काठमाडौं, वेशाख ६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट चीनमा सबैभन्दा बढी मृत्यु भएको दाबी गरेका छन्।

चिनियाँ अधिक....

 अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी- चीनमा अमेरिकामाभन्दा बढी कोरोनाबाट मृत्यु भएको छ 

काठमाडौं, वेशाख ६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट चीनमा सबैभन्दा बढी मृत्यु भएको दाबी गरेका छन्।

चिनियाँ अधिकारीहरुले हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या संशोधन गर्दै बढाएर सार्वजनिक गरेपछि ट्रम्पको यस्तो धारणा आएको हो। 

 ‘यस अज्ञात शत्रुबाट हुने मृत्युको तथ्यांक चीनले अचानक बढाएर दोब्बर गरायो । तर मृत्युको संख्या अमेरिकाको भन्दा पनि धेरै छ’ शुक्रबारसाँझ ट्वीट गर्दै ट्रम्पले भनेका छन् ।


शुक्रबार चीनले हुेबई प्रान्तको वुहानमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९० जना थपिएको जनाएको थियो।  यससँगै हुबेईमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेर ३ हजार ८ सय ६९ पुगेको छ । चीनभरी भने मृतकको संख्याको संख्या ४ हजार ६ सय पुगेको छ । 

चिनियाँ अधिकारीहरुका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना कोरोनाभाइरसकाबाट निधन भएको भेटिएका हो। 

अमेरिकाले सुरुदेखि नै चीनले कोरोनाबाट मानवीय क्षतिको वास्तविकता लुकाएको र डब्ल्यूएचओले पनि चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आएको थियो। 
यस्तै कारण देखाउदै अमेरिकाले डब्ल्यूएचलाई दिँदै आएको आर्थिक सहयोग रोक्का गरेको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ३१ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने झण्डै ७ लाख जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: ०७:५२ बजे, शनिबार, वैशाख ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्