गाडी दुर्घटनामा घाइते भएका १२ जनालाई सेनाले गर्यो हेलिकप्टरबाट उद्धार
नेपाली सेनाले जाजरकोटमा सोमबार भएको गाडी दुर्घटनाका घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पुर्याएको छ।
काठमाडौं, कात्तिक २६। नेपाली सेनाले जाजरकोटमा सोमबार भएको गाडी दुर्घटनाका घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पुर्याएको छ।
जाजरकोटको भेरी नगरपालिका–१३ जिरो प्वाइन्टमा नेपालगञ्जतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका १२ जनालाई सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पठाउन सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
साथै उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका आठ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरी थप उपचारको लागि सुर्खेतस्थित प्रादेशिक अस्पतालमा ल्याउने कार्य भइरहेको छ।
प्रकाशित मिति: १९:५४ बजे, सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












