आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू, कसलाई कहाँ खटाइयो?
निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ।
काठमाडौं, कात्तिक २६ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ।
सोमबार आयोगले उपनिर्वाचन हुने ४४ वटै स्थानका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकेको हो।
आयोगले ३२ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको हो। उनीहरूको नियुक्ति सोमबारबाटै लागु हुने पनि आयोगले जनाएको छ।
जसअनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाको उपचुनावका लागि सर्वोच्च अदालतका उपरजिष्ट्रार ईन्दिरा कार्कीलाई निर्वाचन अधिकृत तोकिएकी छन्।
कीर्तिपुर नगरपालिकाका मेयर, वडा नम्बर १ र ४ को वडाध्यक्ष पदमा उपचुनाव हुँदैछ।
सूचीः
प्रकाशित मिति: १७:३० बजे, सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1786867986.jpg)




-1786867986.jpg)

-1786866852.jpg)