Kathmandu Press

जाजरकोटमा माइक्रो दुर्घटना हुँदा २५ जना घाइते

सोमबार दिउँसो १२ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३, स्थित कुदु नजिक मोइक्रो दुर्घटना हुँदला २५ जना घाइते भएका छन्।
जाजरकोटमा माइक्रो दुर्घटना हुँदा २५ जना घाइते

जाजरकोट, कात्तिक २६ : जाजरकोटमा माइक्रो बस दुर्घटना भएको छ। 

सोमबार दिउँसो १२ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३, स्थित कुदु नजिक मोइक्रो दुर्घटना हुँदला २५ जना घाइते भएका छन्।

जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको दुर्घटनामा परेको प्रहरीले जनाएको छ। गाडी सडबाट करिब ३० मिटर तल खसेको थियो।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ। 

प्रकाशित मिति: १५:५६ बजे, सोमबार, कात्तिक २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्