Kathmandu Press

राजेश हमाल बने लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर 

हमालले लुम्बिनीसँग आवद्ध हुन पाउँदा निकै खुशी लागेको उल्लेख गर्दै लुम्बिनीले यस सिजनमा राम्रो प्रदर्शन गर्ने आशा रहेको बताए। 
राजेश हमाल बने लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर 

काठमाडौं, कात्तिक २६ : लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ।

स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमाललाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको हो। 

हमालले लुम्बिनीसँग आवद्ध हुन पाउँदा निकै खुशी लागेको उल्लेख गर्दै लुम्बिनीले यस सिजनमा राम्रो प्रदर्शन गर्ने आशा रहेको बताए। 

‘नेपाल क्रिकेट एकतावद्ध भएर लागेकोमा खुसि लागेको छ। सबै पदाधिकारीहरुलाई समेत धन्यावाद दिन चाहान्छु।  सबै टिमहरुलाई सफलताको शुभकामना समेत दिन चाहान्छु,’ उनले भने, ‘अब हेरौं लायनले कत्तिको रोयर गर्छ? लायनसँग जोडिन पाउँदा खुस छु।’

लुम्बिनीको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन्।
  
नेपाल क्रिकेट संघ क्यानकद्वारा आयोजित नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ। 
 

प्रकाशित मिति: १५:२३ बजे, सोमबार, कात्तिक २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्