आर्थिक सुधारका काम हुँदैछन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताए।मोरङ, कात्तिक २६ : प्रधानमन्त्री केपी ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन्।
विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताए।
विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेकपा एमाले कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई र पार्टी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १३औं दीक्षान्त समारोह भाग लिन विरागनर आएका हुन्।
प्रकाशित मिति: १४:३४ बजे, सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१