Kathmandu Press

एमालेलाई जग्गा दान विवादको रिट ‘हेर्न नमिल्ने’मा

एमाले पार्टी कार्यालय निर्माणका लागि विवादित व्यवसायी मीनबहादुर गुरूङले जग्गा दान गरेको विवादमा दायर रिट ‘हेर्न नमिल्ने’ भएको छ। 
एमालेलाई जग्गा दान विवादको रिट ‘हेर्न नमिल्ने’मा

काठमाडौं, कात्तिक २६ : एमाले पार्टी कार्यालय निर्माणका लागि विवादित व्यवसायी मीनबहादुर गुरूङले जग्गा दान गरेको विवादमा दायर रिट ‘हेर्न नमिल्ने’ भएको छ। 

अधिवक्ता ज्ञानबहादुर बस्नेतसहित तीन जनाले दायर उक्त रिटमा जग्गा दान दिने कार्य रोक्न यसअघि सर्वोच्चको एकल इजलासबाट अल्पकालिन अन्तरिम आदेश जारी भएको थियो। 

रिटको सुनुवाईका लागि सोमबार अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको थियो। 

यसअघि कात्तिक ८ गते पनि उक्त रिट न्यायाधीश सुवेदीकै इजलासमा परेका कारण हेर्न नमिल्ने भएको थियो। 

गत कात्तिक १२ गते सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जग्गा दान प्रक्रिया रोकेको थियो।

त्यतिबेला कात्तिक २६ गतेका लागि पेशी तोकिएको थियो । उक्त रिटमा अब पुनः अर्को संयुक्त इजलासमा सुनुवाई गरिने छ। 

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, कात्तिक २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्